काठमाडाैं । एएफसी च्यालेन्ज लिग अन्तर्गत भुटानको पारोसँग चर्च ब्वाइज पराजित भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भएको खेलमा पारो एफसीसँग चर्च ब्वाइज २-१ गोलले पराजित भएको हो ।
खेलको १८ औँ मिनेटमा चर्च ब्वाइजले गोल गरेपनि त्यसअघि नै रेफ्रिले अफसाइडको संकेत गरेका थिए ।
खेलको ३८ औँ मिनेटमा लाकेन लिम्बुको गोलमा चर्च ब्वाइजले सुरुवाती अग्रता बनाएको थियो। त्यस्तै, खेलको ६२ औँ मिनेटमा मोसेसको हेडर पहिलो बारको नजिकबाट बाहिरियो । खेलको ६७ औँ मिनेटमा विलियन ओपुकुको गोलमा पारो एफसीले अग्रता दोब्बर पार्यो ।
पारोले भने एएफसी च्यालेन्स लिगको समुह चरणमा स्थान बनाउन सफल भएको छ ।
अघिल्लो सिजन मच्छिन्द्र फुटबल क्लबसँग पराजित हुँदै पहिलो चरणबाट बाहिरिएको पारो यो पटक भने घरेलु मैदानमा नै चर्च ब्वाइजलाई पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो ।