काठमाडौँ । नेपाल–भारत मैत्री सङ्घले बाढी–पहिरो पीडितका लागि राहत हस्तान्तरण गरेको छ । बिहीबार सङ्घले नेपाल चिकित्सक सङ्घमार्फत पीडितलाई सङ्घको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर राहत हस्तान्तरण गरेको हो । राहत हस्तान्तरण पछि नेपाल–भारत मैत्री सङ्घका केन्द्रीय महासचिव बोहोतकृष्ण सुवेदीले देश अहिले विपत्तिका कारण क्षतविक्षत भई चपेटामा परेको अवस्थामा आफूहरूले चिकित्सक सङ्घमार्फत एउटा सानो सहयोग पीडितसम्म पुर्‍याउनलाई पहल गरेको जानकारी दिए । 

उनले भने,‘देशमा अहिले बाढी पहिरोबाट क्षतविक्षत भएको छ । देश चपेटामा परेको छ । यस्तो अवस्थामा हामीले नेपाल चिकित्सक सङ्घमार्फत एउटा सानो सहयोग पीडित जनतासम्म पुर्‍याउनलाई एउटा पहल गरेका छौँ ।’ त्यस्तै चिकित्सक सङ्घका अध्यक्ष डा.अनिल विक्रम कार्कीले नेपाल–भारतमैत्री सङ्घले हस्तान्तरण गरेको राहत स्वास्थ्य सेवासँगै जोडेर पीडितलाई उपलब्ध गराउने जानकारी गराए ।

 उनले भने,‘अहिले पीडितलाई सहयोग गर्ने उद्देश्यले जुन राहत हस्तान्तरण गर्नुभएको छ । स्वास्थ्य सेवा सँगसँगै जोडेर वितरण गर्नेछौँ । आगामी दिनमा पनि  नेपाल–भारत मैत्री सङ्घको सहकार्य निरन्तर रहने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here