काठमाडौँ । आजबाट फिल्म ‘बेहुली फर्म मेघौली’ प्रदर्शनमा आएको छ । नेपालमा नयाँ फिल्मको प्रदर्शन शुक्रबार गर्ने परम्परा भएपनि घटस्थापनाको विशेष अवसर पारेर यो फिल्म आजबाट देशभर प्रदर्शनमा आएको हो । अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म यी दुवैले मिलेर निर्माण गरेका हुन् । फिल्म आजबाटै अमेरिकाको विभिन्न सहरमा पनि प्रदर्शन हुँदै छ ।

फिल्ममा निश्चल र स्वस्तिमाको अलावा वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ ।

उनीहरूको यो निर्देशनमा डेव्यु फिल्म हो । कार्यकारी निर्माता फिरोज खड्का र शङ्कर पाण्डे रहेका छन् । फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन छ ।  फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here