काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ६१ हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको हो । 

अघिल्लो दिन बुधबार छापावाल सुनको मूल्य १ लाख ६० हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३७ हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यसैबिच बिहीबार चाँदीको मूल्य सामान्य बढेको छ । बुधबार तोलामा १ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर १ हजार ९५० रुपैयाँमा कारोबार भएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here