काठमाडौँ । धनतेरसको दिन आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले बढेर १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधवार छापावाल सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । बुधवार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर प्रतितोला २ हजार १ सय ५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २ हजार ६५ रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here