काठमाडौँ । गृहमन्त्री रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालबिच भेटवार्ता भएको छ । सोमबार साँझ गृहमन्त्रीसँग भेट भएको हो ।
भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको छ । सहकारी बचत अपचलनमा रवि लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ । रास्वपाले आन्दोलनको कमान्डर पनि अर्याललाई बनाएको छ ।