काठमाडौँः नेपाल प्रिमियर लिगको पहिलो संस्करणले आज विजेता पाउँदैछ। लिग चरण र प्लेअफका ३१ खेलपछि हुन लागेको फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। लिग चरणमा शीर्ष दुईमा रहेर क्वालिफायर भिडेका यी दुई टोली अब उपाधिका लागि पनि एकअर्का विरुद्ध भिड्दैछन्।

यी दुई टिमबिचको प्रतिस्पर्धा आज दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुनेछ। फाइनल जित्ने टिमले एनपीएलको आकर्षक ट्रफीसँगै नगद १ करोड १० लाख पुरस्कार पनि पाउँदा उपविजेताले पनि ५१ लाख हात पार्नेछ।

सुदूरपश्चिमले क्वालिफायर जितेर सिधै फाइलन खेल्दा जनकपुर भने पहिलो क्वालिफायर हारेपछि दोस्रो क्वालिफायर जितेर फाइनल पुगेको हो। सुदूरपश्चिम र जनकपुर फाइनल खेल्न मैदान उत्रँदा यी दुवै टोली आ(आफ्नो विषेशताका साथ मैदान उत्रिनेछन्।

मैदानमा जनकपुर लगातार सुदूरपश्चिसँगको हारको बदला लिन मैदानमा उत्रिँदा स्वभाविक रुपमा सुदूरपश्चिम आफ्नो लयलाई कायम राख्दै यहि प्रतियोगितामा तेस्रो पटक जनकपुरलाई हराउने ध्याउनमा रहनेछ।

त्यसतो जारी प्रतियोगितामा सर्वाधिक धेरै समर्थक भएका दुई टिमबिचको प्रतिस्पर्धा स्वभाविक रुपमा अपेक्षित छ। एनपीएलमै सबैभन्दा धेरै समर्थक हुने टोली सुदूरपश्चिम हो। सिंगो सुदूरपश्चिमको साथ रहेको सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर पनि आफ्नो उच्च समर्थक टोलीसहित मैदान उत्रिँदैछ।

यस्तो छ जनकपुरको टोली

आशीफ शेख, अनिल कुमार साह (कप्तान), ललित राजवंशी, किशोर महतो, हेमन्त धामी, रुपेश कुमार सिंह, आकाश त्रिपाठी, शेर मल्ल, अरनीको यादव, शुभ कंसाकर, तुलबहादुर थापा, विशाल सुसलिङ, विदेशी खेलाडीः जेम्मी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रोम्प (अमेरिका), मोहम्मद मोहसीन (अमेरिका), बेन माइक (इंग्ल्यान्ड),लाहिरु मिलन्था (अमेरिका), हर्ष थकर (क्यानडा)

यस्तो छ सुदूरपश्चिम रोयल्सको टोली

दिपेन्द्र सिंह ऐरी ९कप्तान०, आरिफ शेख, अविनाश बोहरा, बिनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडक बोहोरा, नरेश बुढायर, अमित श्रेष्ठ, भोज राज भट्ट, नरेन साउद, बसन्त खत्री, सइफ जाइब ९इंग्ल्यान्ड०, स्कट कुग्गेलेइजन ९न्युजिल्यान्ड०, ब्रान्डन म्याकमुलेन ९स्कटल्यान्ड०, हर्मित सिंह ९अमेरिका०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here