काठमाडौं । पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयूभी एमजी जेड एसयूभीका लागि प्रि बुकिङ खुला गरेको छ । २८० एनएमको अधिकतम टर्क प्रदान गर्नसक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्यूएचको ब्याट्री क्षमता भएको एमजी ईभी बजारमा प्रि बुकिङ खुला गरेको हो ।

यस एसयूभीको ब्याट्रीलाइफ आठ वर्ष रहेको र सुरक्षाका लागि यसमा छ ओटा एयर ब्याग, ईएसपी, ईएबी, एचडीसी, अटो होल्डजस्ता फिचर राखिएका छन् । दुई ओटा भेरीयन्टमा उपलब्ध यस एसयूभीको कम्फर्ट भेरियन्टको मूल्य ४८ लाख ४९ हजार राखिएको छ भने डिलक्स भेरियन्टको मूल्य ५२ लाख ४९ हजार राखिएको छ ।

वैशाखदेखि उपभोक्तालाई डेलिभरी गर्न सुरु गरिने भनिएको यस एसयूभीलाई एक लाख रुपैयाँ डिपोजिट तिरेर प्रि अर्डर अथवा बुक गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here