काठमाडौं । रियलमीले नेपाली बजारमा इन्ट्रि लेभलको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । रियलमीले युवाहरूलाई लक्षित गरेर रियलमी सी ५५ सार्वजनिक गर्ने भएको हो । फोनको नामले सी भन्नाले च्याम्पियन भनेर कम्पनीले फोनको नाम दिएको छ ।
६४ एमपि क्यामरा र ३३ वाट फास्ट चार्जिङ, ९० हर्जको फुल एच्डि प्लस डिस्प्ले, १२ एनएमको मेडियाटेक हेलियो जि ८८ चिपसेट, २ लाख ७३ हजार ३ सय ६४ एन्टुटु बेन्चमार्क स्कोर र एन्ड्रोइड फोनहरुमै पहिलो मिनी क्याप्सुल रहेकोले जनाइएको छ ।
त्यस्तै, मोटाइ भने ७.८९ एमएम, चार्ज नोटिफिकेसन, डेटा युजेज नोटिफिकेसन र स्टेप नोटिफिकेसन समेत रहेको छ । त्यस्तै, स्मार्टफोन २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी सहितको तयार गरिएको कम्पनीले बताएको छ । कम्पनीले फोनको मूल्यको विषयमा भने अहिले नै केही जानकारी दिएको छैन ।