काठमाडौं । नेपाल टेलिकमले स्प्रिङ अफर ल्याएको छ । टेलिकमले चैत २९ गतेदेखि तीन महिनासम्म सञ्चालन हुने यस अफरमा विभिन्न प्याकेज ल्याइएको हो ।
यसअन्तर्गत डेटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक आठ हजार रुपैयाँमा उपलब्ध हुनेछ । पहिलेदेखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक छ हजार रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । साथै, कम्पनीले एक वर्षे प्याकेज तथा आईपीटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबीपीएस बनाइएको छ ।
त्यसैगरी एनटीटीभी सहितको प्याकेज लिने ग्राहकले वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा पाउनेछन् । यस अलावा विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डेटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई निरन्तरता दिइएको छ ।