काठमाडौं । काठमाडौं उपत्यका बाहेक अन्य ८ ओटा शहरमा सीजीनेटले आफ्नो इन्टरनेट सेवा विस्तार गरेको छ । कम्पनीले काठमाडौं उपत्यकाबाट सुरु गरेर विराटनगर, वीरगंज, इटहरी, जितपुर, धरान, दुहाबी र सिमरा हुँदै आजबाट आठौं शहर पोखरामा पनि आफ्नो सेवा सुरु गरेको हो ।
यो सँगै कम्पनीको इन्टरनेट विस्तारको पहिलो चरण सकिएको कम्पनीले जनाएको छ । हाललाई दोस्रो चरणको विस्तारको काम भने नहुने कम्पनीले बताएको छ । यसैबीच आफ्ना ग्राहकका लागि कम्पनीले नयाँ अफर ुस्पिड दमदार प्राइस शानदारु ल्याएको छ ।
इन्टरनेट खरिद गर्ने ग्राहकका लागि कम्पनीले तीनलाखसम्मको बीमा सुविधा पनि उपलब्ध गराउने बताउको छ । साथै कम्पनीले सीजी अन्तर्गतको इलेक्ट्रिक सामानहरूमा ३५ प्रतिशतसम्मको छुट अफर पनि ल्याएको छ ।