काठमाडौँ – नेपाली बजारमा वनप्लस ११ फाइभजी स्मार्टफोनको प्रि-बुकिङ सुरु भएको छ । वनप्लसको नेपालस्थित आधिकारिक बिक्रेता स्मार्ट टक प्रालिले १६ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको फ्ल्यागशिप फोनकाे प्रि-बुकिङ सुरु गरेकाे हाे ।

इच्छुक ग्राहकले फागुन ३ गतेसम्म दराज अनलाइन शपिङ प्लेटफर्ममार्फत प्रि-बुक गर्न सक्नेछन् । कम्पनीले यो फोनको मूल्य एक लाख ३४ हजार ९९९ रुपैयाँ तोकेको छ । प्रि-अर्डर गर्दा भने ग्राहकले पाँच हजार रुपैयाँ छुट वा वनप्लस ब्यान्ड, वनप्लस नोर्ड ब्यान्ड, वनप्लस वायरलेस नेकब्यान्डमध्ये एक प्रडक्ट निःशुल्क पाउनेछन् । त्यस्तै डेढ वर्षकाे वारेन्टी र एक वर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्सको सुविधा पनि छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here