काठमाडौँ । प्रहरीले सर्लाहीको ईश्वरपुर नगरपालिका–८ बाट बलात्कारमा संलग्न आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईश्वरपुर–८ स्थित फुलजोर घर भएका टेके सार्की रम्तेल छन् । वैशाख ७ मा आरोपीले फुलजोर खोलामा राम्रोसँग बोल्न नसक्ने १२ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले बताए ।

बलात्कृत बालिकाले पुस १५ मा छोरा जन्माइन् । पीडितले जन्माएको शिशुको फागुन १६ मा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको छ । घटनाबारे माघ १८ मा पीडितको तर्फबाट प्रहरीमा जाहेरी दर्ता भएको थियो । आरोपीलाई फागुन १९ मा पक्राउ गरेर १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए । आरोपीले अनुसन्धान अधिकृतहरूसँग बलात्कार स्वीकार गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here