रोल्पा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रून्टीगढी गाउँपालिका १ लापल बस्ने २६ वर्षीय तुल बहादुर भन्ने आकाश घर्तीमगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

आकाशले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट सुर्पाल र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here