काठमाडौँ । फिल्म ‘ज्वाइँ साब’को छायांकन सकिएको छ । २३ दिन चित्लाङ र ७ दिन चितवनमा खिचेपछि फिल्मको छायांकन सकिएको हो ।

यो फिल्ममा कलाकार जीतु नेपाल र नायिका नीति शाह मुख्य भूमिकामा छन् । उनीहरुको अलवा फिल्ममा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारको अभिनय छ ।

छायांकन सकेसँगै फिल्मको निर्माण टिम पोष्ट प्रोडक्शनको काममा जुटेको छ । यो फिल्ममा जीतु नेपाल र नीति शाहको जोडीलाई दर्शकले विशेष रुपमा देख्न सकिन्छ । निर्माणपक्षले यी दुइको गेटअप भने सार्वजनिक गरेको छैन । 

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here