काठमाडौँ। डोल्पाको मुड्केचुला गाउँपालिका ४ मा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । घरमा बुधबार बिहान आगलागी हुँदा जलेर ८० वर्षीय बादी कामीको मृत्यु भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता, रौतहटको गरूडा नगरपालिका ५ स्थित माँ सरस्वती जेनरल सप्लायर्स कोइला गोदाममा मंगलबार बिहान आगलागी हुँदा करिब ९३ लाख २२ हजार ५ सय रुपैयाँ बराबरको कोइला जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।