Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडाैं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ आबुखैरेनीको ऐनापहरा झरना पछिल्लो समय निकै चर्चित बन्दै गइरहेको छ ।
जसले गर्दा यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । ऐना पहरालाई गणेश भगवानको शिरबाट झर्ने झरना, काखमा बच्चा लिएको आमाको आकृति, परी लगायतको स्वरूपले थप आकर्षित बनाएको छ । आँबुखैरेनी गाउँपालिका वार्ड नम्बर २ र ५ को सिमानामा रहेको ऐना पहरालाई मानव निर्मित संरचनाले पर्यटकलाई लोभ्याउने गरेको छ ।































