काठमाडौँ । अल्फा क्यापिटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
अल्फाका प्रबन्ध निर्देशक अजयकुमार श्रेष्ठ र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले बिक्री प्रबन्धक नियुक्तिबारे सम्झौता गरेका हुन् ।
अल्फा इन्भेष्टमेन्ट कम्पनी हो । विभिन्न क्षेत्रमा लगानी गर्दै आएको अल्फाले आईपीओ निष्काशनपछि लगानीको दायरा विस्तार गर्ने जनाएको छ ।