काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि जारी छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखिरहेका छन् ।

आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक र महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखिरहेका हुन् ।

प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

बाँकीले आज धारणा राखेपछि निष्कर्ष प्रस्तुत गरिने एमाले नेताहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here