काठमाडौं । आईसीसी विश्वकप लिग–२ सिरिजमा नेदरल्याण्ड्ससँग अमेरिका १९ रनले पराजित भएको छ ।
स्पोर्टपार्क वेस्टवलेट, द हेगमा अमेरिकासँग टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३७ रन बनाएकाे थियो । २ सय ३८ सनकाे लक्ष्य पछ्याएकाे अमेरिकाले ४९.५ ओभरमा २१८ रनमा अल आउट भयाे ।
नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले ५५ बलमा ६ चौकासहित सर्वाधिक ६५ रन बनाए । विक्रमजित सिंहले ५९ र म्याक्स ओडाउड ४९ रन बनाए ।
अमेरिकाका लागि मिलिन्द कुमारले २, जसदीप सिंह र स्टिभन टेलरले १–१ विकेट लिए ।
अमेरिकाको लागि मिलिन्द कुमारले सर्वाधिक ६९ रन बनाए । स्मित पटेल ३८, आरोन जोन्स ४७, शयान जहाजिँगर २० र शाल्डी भान २१ रनमा आउट भए ।
नेदरल्याण्ड्सका भिभियन किंग्मा विकेट लिए । अर्यान दत्त, पाउल भान मिर्केन र शरिज अहमदले दुई-दुई विकेट लिए ।