काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई गोली प्रहार भएपछि सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले पदबाट राजीनामा दिएकी छन् ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्ने आफ्नो मिसनमा एजेन्सी असफल भएको स्वीकार गरेकी थिइन् ।

जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्यालीमा २० वर्षीय बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीबाटै दबाब परेको थियो ।

ट्रम्पले पेन्सिलभेनियाको बटलरमा चुनावी कार्यक्रममा बोल्न सुरु गरेको केही मिनेटपछि २० वर्षीय बन्दुकधारीले उनीमाथि गोली चलाएका थिए । चिटललाई राष्ट्रपति बाइडेनले एजेन्सीको प्रमुखमा नियुक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here