मुम्बई । चर्चित मराठी अभिनेत्री उर्मिला कोठारेको कारले मुम्बईको कान्दिवलीमा दुई मजदुरलाई ठक्कर दिएको छ । यस दुर्घटनामा एक मजदुरको मृत्यु भएको छ ।
घटना शुक्रबार राति भएको बताइएको छ । उर्मिला र उनका चालक पनि घाइते भएका छन् । उर्मिला राति सुटिङ सकेर घर फर्कँदै गर्दा यो घटना बताइएको छ । उनको कारले पोइसर मेट्रो स्टेसन नजिकै काम गर्ने दुई मजदुरलाई कुचेको थियो ।
रिपोर्टका अनुसार उर्मिलाका चालकले तीव्र गतिमा गाडी चलाइरहेका थिए । त्यसपछि अचानक उनले नियन्त्रण गुमाए। कारको एयरब्याग खुल्दा उर्मिला र उनका चालकलाई सामान्य चोट लागेको थियो तर कारको ठक्करबाट एक मजदुरको ज्यान गएको छ ।
यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । चालक विरुद्ध समतानगर प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको छ ।