काठमाडौं – यातायात व्यवस्था कार्यालय, एकान्तकुनाको सर्भर डाउन भएर काम प्रभावित भएको छ । 

कार्यालयले एक सूचना जारी गर्दै आइतबार बिहानदेखि नै सर्भरमा समस्या आएको बताएको छ । यसकारण स्मार्ट कार्ड वितरण बाहेक अन्य सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगन गरिएको सूचनामा उल्लेख छ । साथै आज बायोमेट्रिक दर्ता परेका सेवाग्राहीहरूको बायोमेट्रिक दर्ता फागुन २५ गतेको लागि सारेको पनि कार्यालयले जानकारी दिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here