काठमाडौं – एप्पलले पहेँलो रंगका आईफोन सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार आईफोन १४ र आईफोन १४ प्लसका लागि नयाँ कलरको फोन बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार शुक्रबारदेखि अमेरिका, बेलायत र क्यानडा लगायत ६० देशका ग्राहकले नयाँ भर्सनको आईफोन १४ प्रि-अर्डर गर्न सकिनेछ ।

पहेँलो रंगमा उपलब्ध हुने आईफोन १४ को सुरुवाती मूल्य ७९९ अमेरिकी डलर (करिब एक लाख पाँच हजार रुपैयाँ) तोकिएको छ भने आईफोन १४ प्लसको मूल्य ८९९ अमेरिकी डलर (करिब एक लाख १७ हजार रुपैयाँ) रहेको छ । पहेँलो भर्सको आईफोन भौतिक रूपमा मार्च १४ बाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here