काठमाडौँ । चौथो संस्करणको ‘द नेशनल डिजाइनर रनवे २०२४’को उपाधि अस्मिता श्रेष्ठले जितेकी छन् । सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्टमा बुधबार साँझ आयोजित प्रतिस्पर्धामा १४ डिजाइनरहरुको सहभागिता थियो ।
राज्य मिडिया नेटवर्कद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट मिराज हुसेन ‘फस्ट रनर अप’ र सुस्मिता घिसिङ ‘सेकेण्ड रनर अप’ भए । प्रतियोगितामा प्रतिभाशाली तथा उदीयमान डिजाइनरहरुको रचनात्मकता र अद्वितीय शिल्प कौशल मिश्रित पहिरनमा मोडलहरूले र्याम्पमा आफूलाई प्रस्तुत गरेका थिए ।
रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा रेजिना तुलाधर, धिरज तण्डुकार र अंकित मैतेय निर्णायकमा रहेका थिए । स्वस्ती दंगाल निर्देशन र परमानन्द चौधरी व्यवस्थापन रहेको प्रतियोगितामा मोडलहरुको समेत प्रतिभा निखार्ने आयोजक संस्थाका सिइओ डेभिल सिंह राजपूतले बताए ।