काठमाडौं । एसुसले नयाँ गेमिङ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले रग आरओजी फोनको नयाँ संस्करण रग फोन सेभेन एप्रिल १३ मा सार्वजनिक गर्ने भएको हो ।

रग फोन सेभेनमा गेमिङका लागि क्वालकमको स्‍नापड्रागन ८ जेन टु प्रोसेसर प्रयोग हुने बताइएको छ । त्यस्तै एन्ड्रोइड १३ सपोर्ट गर्ने यो फोन ‘क्यापासिटिभ सोल्डर ट्रिगर’ सहित उपलब्ध हुने जनाइएको छ । यसले गेमरहरूलाई गेमको दौरान गेममा आफ्नो कन्ट्रोल राख्न सहज हुन्छ । कम्पनीले यो फोनको तीन मोडेल सार्वजनिक गर्ने अनुमान गरिएको छ । १६ जीबी र्‍याम र २५६ जीबी स्टोरेज हुने बताइएको यो फोनको सुरुवाती मूल्य एक लाख रुपैयाँ बढी अपेक्षा गरिएको छ ।

सफ्टवेयर अपडेटमा निकै कमजोर रहेको एसुसले यो समस्याको समाधान यस नयाँ फोनमा गर्ने आशा गरिएको छ । हाल एसुसले आफ्नो गेमिङ फोनमा दुई पटकसम्म मात्र अपग्रेड गर्ने सुविधा दिएको छ । त्यस्तै फोनको पछाडि ५० मेगापिक्सेल, अल्ट्रावाइड १३ मेगापिक्सेल र ८ मेगापिक्सेलको म्याक्रो क्यामेरा हुने बताइएको छ । त्यस्तै सेल्फीका लागि कम्पनीले ३२ मेगापिक्सेल क्यामेरा प्रयोग गर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here