काठमाडाैं । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेस र एमालेले सत्ता साझेदारी गर्ने सहमतिअनुसार बागमतीमा कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीको दाबी गर्दै नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मासमक्ष मंगलबार दिउँसो पत्र पेश गरेका थिए ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री लामाको पद तथा गोपनीयताको शपथ बुधबार बिहान ११ बजे हुनेछ । कांग्रेसका ३७ र एमालेका २७ जना प्रदेशसभा सदस्यको समर्थनमा लामा मुख्यमन्त्री भएका हुन् ।