काठमाडौँ – सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र इपिएस शाखाका प्रमुख (निर्देशक)लाई जिम्मेवारीबाट हटाएको छ।शुक्रबार ललितपुरको बालकुमारीमा कोरियाली परीक्षा दिन पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो। उक्त घटनापछि सरकारले ललितपुरमा कार्यरत सुरक्षा अधिकारीहरुलाई जिम्मेवारीबाट हटाएको छ।

प्रमुख जिल्ला अधिकारी रुद्र पण्डित, ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाह र इपिएस शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने सरकारले निर्णय हो। प्रजिअ पण्डितलाई गृह मन्त्रालय र एसएसपी शाहलाई प्रहरी प्रधान कार्यालय तान्ने तयारी छ।यस्तै, डीएसपी उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवार सरकारले निलम्बन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए।

शनिबार एक कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘हामीले यो आइपिएस अफिसबाट केही कमजोरी भएको महशुस गरेर उहाँलाई त्यहाँबाट हटाइएको छ। अर्को हाम्रो मन्त्रीजीको पिएसओले परिस्थितिको राम्रो आँकलन नगरीकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भिर त्रुटि भएको महशुस गरेर उहाँलाई निलम्वन गर्ने निर्णय गरिएको छ।अनि, त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटिपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिर्पोट नआउँदासम्म निलम्बन गरिएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here