काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको संघारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो । प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदैछन् ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिनियाँ परियोजना कार्यान्वयन सम्झौताका सम्बन्धमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here