काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका–८ स्थित होटलमा एक जना युवती मृत फेला परेकी छन् । होटल भ्यु एन्ड पाहुनाघरमा २३ वर्षीया शर्मिला श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनी होटलको ११४५ नम्बर कोठामा मृत भेटिएकी हुन् । बिहीबार साँझ मृत भेटिएकी शर्मिला फागुन १४ देखी हराएकी थिइन् । घटनाबारे इलाका प्रहरी कार्यालय बनेपाले अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here