काठमाडौँ । एक समयको सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’को रिमेक भर्सन बनेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो ।३३ वर्ष अघि निर्माण भएको फिल्म ‘चिनो’मा समावेश ‘तिम्रो मनमा लुकेको कुरा’ लाई गायक नारायण गोपाल र गायिका आशा भोष्लेले स्वर दिएका थिए । गीतमा रञ्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द थियो । अहिलेको रिमेक भर्सनमा गायक शंकर श्रेष्ठ र गायिका अनु चौधरीको स्वर छ ।

गीत सार्वजनिक कार्यक्रममा सङ्गीतकार रञ्जित गजमेर, अभिनेत्री शर्मिला मल्ल, अभिनेत्री गौरी मल्ल, निर्माता मोहन सराफ लगायत बाक्लो उपस्थिति थियो गीतको भिडियोमा भुवन केसी, शर्मिला मल्ल, सुरवीर पण्डित, शिशिर भण्डारी, शंकर श्रेष्ठ, अश्विनी शाहीको अभिनय छ । सन्तोष राजवाहकले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईँले छायाङ्कन र दिन्सन शाहको सम्पादन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here