मुम्बई । भारतको महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेद्र फडणवीसले नेपाली क्रिकेटको विकासमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । यसका लागि नेपाल क्रिकेट संघले प्रस्ताव पठाउनु पर्ने जिकिर गरे ।स्वतन्त्र युवा प्रजातान्त्रिक संघको संयोजनमा भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरूको प्रतिनिधि मण्डलसँगको भेटमा उनले नेपाली क्रिकेटरहरूलाई मुम्बईमा प्रशिक्षण, व्यवसायिक क्रिकेटमा अवसर दिन सकिने बताएका हुन् ।

“नेपाल क्रिकेट संघ (क्यान)ले उपयुक्त प्रस्ताव ल्याएमा क्रिकेटमा दुई पक्षीय प्रतिस्पर्धा गर्न सकिन्छ । महाराष्ट्र प्रदेश सरकार मुम्बई क्रिकेट एकेडेमी र नेपालको प्रस्ताव आए मध्यस्थता गरेर अवसर दिलाउन तयार छ,” उनले भने, “तपाईंहरूको तर्फबाट औपचारिक प्रस्ताव आउनुपर्छ ।”नेपाली पत्रकारहरूले छलफलका क्रममा नेपाल भारत सम्बन्ध, मुम्बईमा रहेका श्रमिक नेपालीहरूको अवस्था लगायतका विषयमा चासो राखेका थिए ।नेपाली पत्रकारहरूले उठाएको विषयमा उपमुख्यमन्त्री फडणवीसले सकारात्मक रूपमा लिएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here