काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेन आगामी राष्ट्रपतिको चुनावी दौडबाट बाहिरिएका छन् । उनिमाथि पार्टी भित्रैबाट राष्ट्रपतिको दौडबाट बाहिरिन दबाब थियो ।
उनले आफ्ना सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्। बाइडेनले आफ्नो सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत प्रतिक्रिया दिएका हुन् । रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । अमेरिकामा चार महिनापछि राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
जुनको अन्त्यमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबीच बहस भएको थियो । डेमोक्रेटिकबाट अहिलेकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्नेछिन् ।