काठमाडाैं । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन मनाइँने जनै पूर्णिमा पर्व आज मनाइँदैछ । आजको दिनलाई जनै पूर्णिमाका साथै ऋषितर्पणी पूर्णिमा, वेदरक्षा दिवस, वेद जयन्ती र क्वाँटी पूर्णिमाका रूपले मनाउने गरिएको छ ।

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्रधारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । आजको दिन तागाधारीहरूले वैदिक मन्त्रोच्चरण गरी विधिपूर्वक मन्त्रिएको रक्षासूत्र डोरो र जनै लगाउने चलन छ ।

आज अभिमन्त्रित रक्षासूत्र र जनै धारणा गर्नाले वर्षभरि नकारात्मक तत्वबाट सुरक्षा र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक मान्यता रहीआएको छ ।

तराईमा विशेषगरी आज दिदीबहिनीले सफलता, स्वास्थ्य र सुरक्षाको कामना गर्दै आफ्ना दाजुभाइको हातमा रक्षा बन्धन धागो बाँधिदिने चलन छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म प्रचलित छ।

आज परम्पराअनुसार एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । यसरी क्वाँटी खानाले शरीर निरोगी हुने, पेट सफा हुने र वर्षाको पानीमा भिजेर काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको सञ्चार गर्ने धार्मिक एवं आयुर्वेदिक मान्यता रहीआएको छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म प्रचलित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here