काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत काभ्रे सडकखण्डमा झरेको सुख्खा पहिरोका कारण सवारीसाधन चल्न अझै केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ । सडक सञ्चालनमा ल्याउने तयारी गरिए पनि सुख्खा पहिरो खसेका कारण सञ्चालनमा आउन नसकेको हो ।

प्रहरीका अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका(९ नार्के देखि रोशी गाउँपालिका ११ मंगलटारसम्मको सडकखण्डमा भने सवारी साधन आज पनि चल्न सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिपी राजमार्ग पिप्लेमा सुख्खा पहिरोका कारण सडक सञ्जाल प्रभावित भएको छ । उक्त पहिरोमा खोटाङ चल्ने ना १ ज ६११७ नम्बरको सुमो पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक वसुन्धरा खड्का अनुसार सुख्खा पहिरोका कारण तत्काल बीपी राजमार्ग सञ्चालनमा आउने सम्भावना छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here