काठमाडौँ । ब्राजिलियन स्टार नेमारको क्लब अल हिलालले विश्व कीर्तिमान बनाएको छ । साउदी अरेबियन क्लब अल हिलालले व्यावसायिक लिगमा लगातार सबैभन्दा बढी खेल जित्ने कीर्तिमान आफ्नो नाममा पारेको हो ।अल हिलालले मंगलबार राति खेलिएको एसियन च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलमा अल इथिहादलाई २–० गोलले हराउँदै यस्तो विश्व कीर्तिमान बनाएको हो । जितसँगै अल हिलाल ४–० कुल गोल भिन्नताका आधारमा एसियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पनि पुगेको छ ।

पहिलो श्रेणीको व्यावसायिक लिगमा अह हिलालले हात पारेको यो लगातार २८औँ जित थियो । यसअघि लगातार सबैभन्दा बढी खेल जित्ने क्लबको कीर्तिमान वेल्सको दी न्यु सेन्ट्सको नाममा थियो । सन् २०१६ मा दी न्यु सेन्ट्सले लगातार २७ खेल जित्दै यस्तो कीर्तिमान बनाएको थियो । अहिले आएर अल हिलालले त्यही कीर्तिमान तोडेको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here