काठमाडाैं । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन संचालामा रोक लगाइएको हो ।


साउन ९ गते बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना जारी नभएसम्म सबैखाले सवारी साधन आवतजावत बन्द गरिएको बताइएको छ ।

उक्त समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा स्थानीय प्रशासनसँग अनुमति लिन जिल्ला प्रशासन कार्यालय पाल्पाले आग्रह गरेको छ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक भासिएकाले एकतर्फी रुपमा सवारी साधन संचालनमा छ ।

डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको कार्य भइरहेको छ । सडक अत्यन्तै जोखिमपूर्ण रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here