बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानवलाई सडकमा आउन नपर्ने गरी घरपरिवार, समाज र राज्यले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् । दाङ जिल्लाको राप्ती गाउँपालिका–८ मिलन डाँडामा निल सागर सेवा आश्रमको नव निर्मित भवनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

अमानवीय व्यवहारका कारण मानिसलाई घरबाट सडकमा पुर्‍याएको उल्लेख गर्दै उनले यस खाले समस्या समाधान गर्न चेतना अभिवृद्धिको अभियानलाई व्यापक बनाउन प्रदेश सरकारले साझेदारी गर्ने बताए। संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गरेको र त्यसको कार्यान्वयन गर्ने दायित्व राज्यको भएको मुख्यमन्त्री आचार्यले बताए ।

‘संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गरेको छ । यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी तीन तहकै सरकारको हो । हामीले त्यो जिम्मेवारी निर्वाह गर्छौँ,’ मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेशलाई सडक मानव मुक्त बनाउने अभियानलाई निर्णायक बनाउन सबैको साथ सहयोगको खाँचो छ।’

कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले सम्मानपूर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने जिम्मेवारी तीन तहकै सरकारको भएको बताए । कानुनी जटिलता फुकाउँदै मानव कल्याणका कामहरूलाई अघि बढाउन जरुरी रहेकोमा उनको जोड थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here