काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संसदबाट विश्वासको मत पाएका छन् ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो । कुल ११० सदस्यीय संसदमा सरकार टिकाउन ५६ सांसद्को समर्थन आवश्यक पर्छ ।

उनलाई कांग्रेसका ३७ र एमालेका २७ सांसद्ले मत दिएका छन् । प्रदेशसभाको बैठकमा उपस्थित कूल १०७ सदस्य मध्ये उनको विपक्षमा ३५ मत प्राप्त भएको छ भने ३ मत तटस्थमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here