काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान भएका छन् । साउन २३ गते सर्वोच्च अदालतमा पुनरावेदन गर्न उपस्थित भएका उनी बिगो रकम बुझाउन नसकेर कारागार चलान भएका हुन् ।

डिल्लीबजार कारागारका जेलर उपसचिव रोम बहादुर महतले बुधबारदेखि शर्मा कारागारमा रहेको बताए ।

विशेष अदालतले तोकेको ४ अर्ब १० करोड ४६ लाख रुपैयाँ रकम बुझाए थुना बाहिर बसेर उनले मुद्दाको पुर्पक्ष गर्न पाउँछन् । बिगो रकम नबुझाएको अवस्थामा सर्वोच्चबाट मुद्दाको अन्तिम किनारा लाग्नुअघि उनी थुनामै बस्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here