काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठकमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका विषयमा छलफल चलिरहेको छ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी छ । यसका साथै, उम्मेदवारी दिनुपर्ने अवस्थामा कसलाई उम्मेदवार बनाउनेबारे पनि छलफल भइरहेको नेताहरूले बताएका छन्। यसअघि माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको कांग्रेस सत्ता समीकरण बदलिएपछि अन्योलमा छ।

राष्ट्रियसभाको रिक्त रहेको अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ। गणेशप्रसाद तिमिल्सेना अध्यक्ष कायम रहँदै सार्वजनिक भएको राष्ट्रियसभाको क्यालेण्डरअनुसार नै अध्यक्ष निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको हो।फागुन २७ गते बस्ने राष्ट्रियसभाको बैठकमा अध्यक्षको निर्वाचनको मिति तोकिने, २८ गते मनोनयन दर्ता गर्ने र २९ गते निर्वाचन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here