काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टीको संरचना, संगठन विस्तार, विधान, भ्रातृ संगठन र राजनीतिक दस्तावेज स्पष्ट पार्दैछ। पार्टीको केन्द्रीय समिति बैठकको तयारीबारे पनि छलफल गर्दैछ।

त्यसका लागि शनिबार पार्टीको पदाधिकारी बैठक आह्वान गरेको छ। आगामी फागुन ३० देखि चैत २ गतेसम्म महोत्तरीमा लोसपाले पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको छ। पार्टीको संगठन सुदृढीकरण, विधान संशोधन, राजनीतिक दस्तावेज लगायतका विषयमा प्रतिवेदन लेख्न यसअघि नै लोसपाले कार्यदल गठन गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here