काठमाडौँ । महासमिति बैठक समापनको विधि तय गर्दै नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक भर्खरै सम्पन्न भएको छ । बैठकमा महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनहरू सहजतापूर्वक निष्कर्षमा पुर्याउनेबारे छलफल भएको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।ललितपुरको गोदावरी भिलेज रिसोर्टमा पदाधिकारी र पूर्वपदाधिकारीहरु छलफलमा जुटेका थिए ।
महासमितिको बन्द सत्रमा ७ प्रदेशका सभापतिले प्रदेशगत निष्कर्ष सुनाउने र त्यसलाई पार्टीको केन्द्रीय समितिको तर्फबाट उपसभापति पूर्ण बहादुर खड्काले सम्बोधन गरी बन्द सत्र टुङ्ग्याउने निर्णय बैठकले लिएको छ । यस्तै समापन समारोहमा पदाधिकारी र पूर्व पदाधिकारीहरूलाई छोटो मन्तव्य व्यक्त गर्न दिने र पार्टी सभापति शेर बहादुर देउवाले अन्तिममा सम्बोधन गर्ने तय भएको छ ।