काठमाडाैं । सहकारीपीडितले आज रत्नपार्क क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।

सरकारलेपीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले गरेको छ ।

बचत फिर्ताका लागि विभिन्न चरणमा गरिएको आन्दोलन अनुसार सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि गत जेठ ११ गतेदेखि उनीहरुले रिले अनशन समेत गरेका थिए । रिले अनशन ६५ दिन पूरा गर्दा पनि सरकार संवेदनहीन भएको पीडितको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here