काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई पत्राचार गरेको छ । तीन दिन मात्रै चलेको तेस्रो अधिवेशन अन्त्य गर्ने अवस्थामा प्रदेश सरकार पुगेको हो । राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनी प्रदेश सरकारले चैत ४ गतेलाई बोलाइएको अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई पत्राचार गरेको हो ।
सदनलाई बिजनेस दिन नसक्दा सरकार अधिवेशन अन्त्य गर्ने अवस्थामा पुगेको गृहमन्त्री सन्तोष पाण्डेले बताए । उनले अहिले अधिवेशन अन्त्य गरे पनि बदलिँदो समीकरणले विश्वासको मत लिनुपर्ने भएकोले फेरि अधिवेशन आह्वान हुने बताए । फागुन ३० गते लेखिएको पत्र चैत १ गते प्राप्त भएकाले चैत १ कै मितिको पत्र पठाउन भन्दै प्रदेश प्रमुखको कार्यालयले पत्र फिर्ता पठाएको थियो ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भुमिश्वर ढकालले सोही अनुसार पत्र आज आएको तर कुनै कारबाही नभएको बताए । उनले संविधानअनुसार कारबाहीको प्रक्रियामा रहेको जानकारी दिए ।