काठमाडौँ । सत्तारुढ दलले सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेका बेला भीड जम्मा गरेर न्यायिक निरूपणमा बाधा नपुर्‍याउन चेतावनी दिएका छन् । त्यस्तै उनीहरुले रास्वपाको पछिल्लो गतिविधिले लोकतन्त्रलाई डिरेल गर्ने खतराका साथै संविधान र कानुनको पालना गर्न आग्रह गरेको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकपछि एमाले महासचिव शङ्कर पोखरेलले संसदमा सबैको सहमतिमा पारित प्रतिवेदन सरकारले कार्यान्वयनका लागि अघि बढाएको अवस्थामा रास्वपा नेता कार्यकर्ताहरूले भीड जम्मा गरेर प्रदर्शन या आन्दोलन गर्नु उचित नभएको पनि सत्तारुढ दलको निष्कर्ष छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here