काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका ४ मा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका ४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् । थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

बा१क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस आइतबार साढे ३ बजे सडकबाट १०० मिटर तल खस्दा ४१ जना घाइते भएका छन् ।

घाइतेहरूको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here