काठमाडौँ । विभिन्न जिल्लामा लागु औषधसहित २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार दाङ र कैलालीमा लागु औषधसहित २ जना पक्राउ परेका हुन् । दाङको घोराही उपमहानगरपालिका–१३ प्रगति टोलबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने रोल्पा माडी गाउँपालिका–३ तालावाङ घर भएका १९ वर्षीय दुर्लभ घर्ती मगर पक्राउ परेका छन् । उनलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरिएको जानकारी दिएको छ ।
त्यस्तै कैलालीको बर्दगोरिया गाउँपालिका–६ बिशालनगरबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय विशाल विकलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहान उनलाई लागुऔषसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरिएको जनाएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।