काठमाडौं । विश्व बजारमा एप्पल कम्प्युटरको आपूर्ति ४० प्रतिशतले घटेको छ । हरेक वर्ष जारी रहेको एप्पल कम्प्युटर गत वर्षको तुलनामा ४० प्रतिशतले घटेको हो ।
इन्टरनेसनल डेटा कर्पोरेसनले हालै सार्वजनिक भएको एक रिपोर्टका अनुसार सन् २०२३ को पहिलो त्रैमासिकमा कम्पनीले विश्व बजारमा ४१ लाख थान कम्प्युटर आपूर्ति गरेको छ जबकी २०२२ को पहिलो त्रैमासिकमा कम्पनीले ६९ लाख थान कम्प्युटर आपूर्ति गरेको थियो । रिपोर्टका अनुसार गत वर्षको सोही समयको तुलनामा यो वर्षको पहिलो त्रैमासिकमा डेस्कटप, नोटबुक र वर्कस्टेसनको मात्र आपूर्ति २९ प्रतिशतले घटेको छ ।
बजारमा कम्प्युटरको माग घटेर आपूर्ति घट्दै गर्दा पनि केही कम्पनीको भने बजार हिस्सा थोरै बढेको छ । आपूर्ति श्रृङखलाको अवरोधका कारण एप्पलले घाटा व्यहोरेको रिपोर्ट रहेको छ । लामो समयदेखि सन् २०१८ मा एप्पल १० खर्ब बजार मूल्य भएको पहिलो अमेरिकी कम्पनी बनेको थियो । त्यसको दुई वर्षपछि नै एप्पलले २० खर्ब बजार मूल्यको कोशेढुंगा पार गर्दै अर्को कीर्तिमान कायम गरेको थियो ।