काठमाडौं- उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने बताएकी छन्।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।उनले कोप २८ मा थुप्रिएर र मन्त्रीहरूसँग भेट्दैमा क्लाइमेट चेन्जको असर कम नहुने बताइन्।उनले जलवायु परिवर्तनको असर कम गर्नको लागि आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्न आवश्यक भएको बताइन्।युवाहरूलाई उद्यमी हुनका लागि सरकारले सहज वातावरण बनाइदिनुपर्ने उनकाे भनाइ छ।

उपसभामुख रानाले भनिन्, ‘हाम्रा हरेक कुरामा पारदर्शिता हुनुपर्छ। युवाहरूलाई उद्यमी हुनका लागि सरकारले विधेयकहरू बनाउनुपर्छ। सहज बनाइदिनुपर्छ। साथै पारदर्शिता पनि हुनुपर्छ। तपाईंहरू कोको गएर आउनुभयो, कोप २८ मा? क्लाइमेट चेन्जमा धेरैजना जानु भएको छ। क्लाइमेट चेन्ज दुबईमा थुप्रिएर, मन्त्री भेटेर मात्रै क्लाइमेट चेन्ज परिवर्तन हुने होइन।’उनले किचनमा गरिने हरेक एक्टिभिटीबाट क्लाइमेट चेन्ज हुने पनि बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here